प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान, इजरायल घटनाबारे छलफल हुने


इजरायल–हमासबीचको द्वन्द्वपछि उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को ‘विशेष’ बैठक बोलाएका छन् ।

विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको उद्धार, राहतलगायत विषयमा निर्णय लिन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमाथि आक्रमण गरेपछि दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *