हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्तिप्रक्रिया टुङ्गोमा पुग्न सक्दैन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका हुन् ।

उनले हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने विषय नभएको तर्क गरे । उनले सरकारले राजनीतिको अपराधस्करण र अपराधीको राजनीतिकरण गरिरहेको टिप्पणी गरे । ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ति जनाए ।

उनले जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमाले अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *