नयाँ राजा बन्ने ओलीको कुचेष्टाले संकट


काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नयाँ राजा बन्ने कुचेष्टा’ गरेको आरोप लगाएका छन्।

नेकपाको धादिङ काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन्।‘प्रधानमन्त्री ओलीले आफूलाई नयाँ राजाको रुपमा स्थापित गर्ने कुचेष्टा गर्नुभयो। तर, तपाइँको यस्तो प्रयासलाई हामी हेरेर बस्ने पक्षमा छैनौँ’ उनले भने, ‘उहाँले असंवैधानिक गतिविधि गरी राख्नुभएको छ। त्यसको जवाफ जनताले दिन्छन्।’

जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउने उनले बताए ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उनले भने, “हामी विभाजित भएका छैनौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *