जलविद्युत कम्पनीको विकृति रोक्न समिति गठन
नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनी समुहको संस्थागत लगानीको अध्ययन गर्न समिति गठन गरेको छ । बोर्डले गठन गरेको समितिले तीन महिना भित्र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरीसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यमान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी बोर्ड संचालकसमक्ष पेश गर्नुेपर्ने व्यवस्था रहेको छ ।यस अध्ययन समितिको प्रतिवेदनका आधारमा संगठित संस्थाको नियमन तथा सुपरीवेक्षणका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्नुका साथै पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउने अपेक्षा बोर्डले गरेको छ ।
बार्डले उक्त अध्ययन समितिमा धितोपत्र बोर्डको संचालक बोर्डमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सह सचिव फणीन्द्र गौतम संयोजक छन् । यसैगरी, समितिका अन्य सदस्यहरूमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्मा रहेका छन ।