एमालेले मध्यपहाडी लोकमार्गमा युवा केन्द्रित अभियान चलाउने
नेकपा (एमाले)ले मध्यपहाडी लोकमार्ग केन्द्रित भएर अभियान सञ्चालन गर्ने भएको छ ।बुधबार सिरहामा बसेको सचिवालय बैठकले मंसिरको दोस्रो हप्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रित अभियानको खाका बनाउने निर्णय गरेको हो । एमालेले ०७४ मा मेची महाकाली अभियान सञ्चालन गरेको थियो ।