सफा टेम्पोमा प्रभु बैंकको क्यूआर कोड
काठमाडौं । प्रभु बैंकले काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पोमा यात्रा गर्दा क्यूआर कोड बाट भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले समेत उपभोग गर्न सक्ने जनाइएको छ ।
यो क्यूआर कोड सेवा प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।
महिला सवारी चालकले सञ्चालन गर्ने सफा टेम्पोमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ ।
उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफनो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।