ललिता निवास जग्गा प्रकरणमा २९० जना विरुद्ध मुद्धा दर्ता, १८ अर्ब बिगो दाबी


ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्धा दर्ता भएको छ । आईतबार जिल्ला अदालत काठमाडौंमा सरकारी जग्गा हिनामिना गरेको भन्दै २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको हो ।यसअघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले रायसहितको प्रतिवेदन सरकारी वकिलकहाँ पेश गरेको थियो । जसमा प्रतिवादीहरुलाई संगठित अपराधको मुद्धा चलाउन सिफारिस गरिएको थियो ।सोही अनुसार सरकारी वकिलहरुले भने संगठित अपराधमा भन्दा पनि लिखत किर्तेको कसुरमा आज २ सय ९० जना प्रतिवादीविरुद्ध मुद्धा दर्ता गराएका हुन् ।

यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *