वामपन्थी आन्दोलनमा क्रियाशील नेता स्वनाम साथीको निधन
काठमाडौँ। वामपन्थी नेता स्वनाम साथीको निधन भएको छ ।स्वनामको शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कोरोना संक्रमण पनि भएको थियो। उपचारका क्रममा उनी संक्रमणमुक्त भएका थिए।
वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए। २००६ सालमा म्याग्दीमा जन्मेका उनी २०२५ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।