संसद्मा गहन अध्ययन र बहसबिनै विधेयक पारित
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके साउत)ले संसद्मा गहन अध्ययन र बहस बिनै विधेयकहरू पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसद् छिरेको छोटो समयमै संसद्प्रति वितृष्णा जागेको बताए ।
“सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरू पारित भएको छ,” उनले भने ।
उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरू गहन र विषयवस्तुमा आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए ।
उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरूले नदिने गरेको दाबी गरे ।