प्रचण्डलाई छोडेको पुरस्कार,५ नेता बने मन्त्री


काठमाडौँ। शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जसबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट बाहिरिएका पाँच नेताहरुले मन्त्री बन्ने मौका पाए।

संसद विघटनपछि प्रचण्ड नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले एक राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्ति गरेका हुन् ।
जसमा सिँचाइ, ऊर्जा तथा जलस्रोत टोपबहादुर रायमाझी, शहरी विकास प्रभु साह, खानेपानी मणि थापा, वन तथा वातावरण प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिला गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षा गौरीशङ्कर चौधरी र युवा तथा खेलकूद दाबा लामा रहेका छन् । यसैगरी उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा नियुक्त गरेकी हुन्।

यी ९ जनामध्ये टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले प्रचण्ड समूह छाडेर ओली समूहलाई साथ दिएका थिए ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार रातिनै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *