सोमबारको सर्वदलीय बैठकमा केपी ओली उपस्थित हुने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका हुन् । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *