बाढीको लेदो खोतल्दा कागबेनीमा भेटियो एक करोड ५६ लाख रुपैयाँ


मुस्ताङको कागबेनीमा गत साउन २८ गते बाढी आयो । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागबेनी बस्ती पुरिएको थियो । त्यसरी पुरिनेमा प्रभु बैंकदेखि मेगा इन्भेस्टमेन्ट बैंक पनि थिए ।

अहिले त्यही कागखोलामा आएको बाढी पन्छाउने काम भइरहेको छ । आइतबार पनि बाढीले बगाएको लेदो खोतलिँदै थियो । त्यही लेदो खोतल्ने क्रममा दुई बैंकको एक करोड ५६ लाख रुपैयाँ भेटिएको छ ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार शुक्रबार दुई बैंकले आफ्नो बैंकमा रहेको तर बाढीमा परेको रकमको बारेमा प्रशासनलाई जानकारी गराएका थिए । तीनै दुई बैंकको रकम त्यहाँ भेटिएको केसीको भनाइ छ ।

आइतबार स्थानीय, सुरक्षाकर्मी र बैंकका कर्मचारीले भग्नावशेष उत्खनन् गर्ने क्रममा रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार ९६४ फेला परेको केसीले बताए ।

एक सातापछि फेला परेको रकम सुरक्षित नै भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *