संसद विघटनको निर्णयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न आदेश दिइएको हो ।
विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ताले बताए।
नेपाल बार र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ झिकाउने आदेश पनि भएको छ ।रिटमाथि सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।