बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभाका एक सदस्यले जानकारी दिए । उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।यसैबीच बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।