गौर हत्याकाण्डको छानबिन थाले सरकार छाड्ने जसपाको चेतावनी
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डलाई लिएर आफूलाई निसाना बनाए सरकार छाड्ने चेतावनी दिएको छ ।
बालुवाटारमा सोमबार साँझ बसेको गठबन्धनको बैठकमा जसपाले आफूहरूलाई गौर हत्याकाण्डको विषय उठाएर निसाना गरिए सरकार नै छाड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।”जसपाका साथीहरूले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने/नरहने सोच्नुपर्छ भन्ने खालको शंकास्पद कुरा व्यक्त भएको छ । कानुनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ,” पाण्डेले भने ।