मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनै पर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक महिना मन्त्रीहरूलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताएका छन् ।
चितवनको भरतपुर २२ पटिहानीमा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रीहरूले हरेक महिना अनिवार्य रूपमा प्रगति विवरण बुझाउनु पर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउन सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार दृढ रहेको बताए ।
देशमै केही उत्पादन गर्न चाहाने युवाका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।