राजश्वले गरिरहेको अनुसन्धानको जिम्मा सीआईबीलाई दिन कुन कानुनले दियो?
बुधबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाका सांसदहरु संसद भवन अगाडि भेला भइ संसदको अभ्यास गरेका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलबार सुन तस्करी प्रकरणबारे दिनुभएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताए। उनले राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सीआईबीलाई दिन कुन कानूनले दियो? भनी प्रश्न गरे । सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी गर्दै उनले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताए।
भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुनेमा विश्वस्त हुन नसकिने उनको भनाइ थियो।सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग पनि उनले गरे।