आजदेखि मिड सोलु हाईड्रोपावरको आईपीओ बिक्रीमा


मिड सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्न लागेको हो भने दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत दरको ७४ हजार ८४० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।

आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । यो वाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र वाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा विक्री खुला गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न लागेको हो । दुबै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा साउन २८ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ११ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २८ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *