‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु


क्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यसहित आज बिहान ६ बजे एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ सुरु भएको छ ।

साइकल कनेक्ट भक्तपुरको आयोजनमा सुरु भएको साइकलिङ च्यालेन्जलाई भक्तपुरको दरबारस्क्वायरमा बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गरे ।

उनले विगत तीन वर्षदेखि सफलतापूर्वक सञ्चालन भइरहेको कोरा भक्तपुर साइकलिङ च्यालेन्जले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउनेमा विश्वास व्यक्त गरे । यो च्यालेन्जले साइकल यात्रीहरुलाई प्रोत्साहन दिने मात्रै नभई यहाँको सुन्दर प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पु¥याएको उनको भनाइ छ ।

साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहने बताए । उनले भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेको बताए ।

भक्तपुर तथा काभ्रेपलाञ्चोक हुँदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरी यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै दुई हजार एक सय मिटर उचाइसम्म एक सय किलोमिटरको यात्रा आज एकैदिनमा पूरा गरेको उनले जानकारी दिए ।

साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायणसम्म पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *