प्रचण्डले दिल्लीमा लुकेर ‘रअ’ प्रमुखलाई भेटे : केपी शर्मा ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर (रअ) प्रमुखसँग भेटेर आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका हुन् ।

भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको तर प्रचण्डले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएको आरोप लगाए ।

“भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । नेपालमा आएर भेटे । मैले सार्वजनिक रूपमा भेटेँ । कुरा गरेँ । यसपटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनुभयो,” ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *