युएईमा हुने टी-१०लिगमा, करण, सोमपाल र कुशल खेल्ने
काठमाडौं, । आगामी जनवरी २८ देखि ६ फेब्रुअरी सम्म यूएईमा हुने टी-१० लिगमा छ नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले खेल्ने भएका छन् । करण केसी, सोमपाल कामी र युवा ब्याट्सम्यान कुशल मल्ललाई तीन फरक टोलीले ड्राफ्टबाट अनुबन्ध गरेका हुन् ।
करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो भने सोमपाललाई टिम अबुधाबी तथा कुशललाई मराठा अरेबियन्सले अनुबन्ध गरेका हुन् ।तीनैजना खेलाडीको यो पहिलो विदेशी लिगमा अनुबन्ध हो ।
विदेशी लिगमा अनुबन्धित हुने उनीहरु तेस्रो, चौथो र पाँचौ खेलाडी हुन् ।
यसअघि सन्दीप लामिछानेले विभिन्न विदेशी लिगहरु खेलिसकेका छन् भने पूर्वकप्तान पारस खड्काले अघिल्लो संस्करणको टी-१० लिग खेलेका थिए ।
उनीहरु अनुबन्धित भएसँगै पूर्वकप्तान पारससहित विभिन्न खेलाडी एवम् खेलप्रेमीहरुले बधाई एवम् शुभकामना दिएका छन् ।