२९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार


सरकारले सोमबार (आज) ट्रेजरी बिल मार्फत २९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ गरी कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन १६ गते, ९१ दिन अवधिको ट्रेजरी असोज १६ गते, १८२ दिन अवधिको पुस १७ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २९ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ९ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ३३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

बैंकका अनुसार कूल ट्रेजरी मध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो । कूल निष्कासित बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत बिना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *