कांग्रेस बदल्न महामन्त्री पद त्याग गर्न तयार छु : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी बदल्ने अभियानमा लागेको बताएका छन् ।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताए ।

उनले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले चुनावपछिको गठबन्धन स्वभाविक भएपनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा राखे ।

थापाले स्थानीयलगायत सबै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धित भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए । उनले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सही निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गरे ।कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको उनले घोषणा गरे । दाग लागेको पार्टीको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *