सरकारले विश्वास गुमाउँदै छ : केपी शर्मा ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सरकारमाथिको विश्वास घटेको बताएका छन्।बुधबार प्रतिनिधि सभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गरेका हुन्। अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको दाबी गरे। एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधि सभा बैठकमा मतदान भएको थियो। ओलीले भने, ‘गठबन्धनसँग बहुमत थियो। बजेट पारित हुनु स्वभाविक हो। हामीले आफ्नो मत देखायौं। ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो। अरु त्यसमा केही भनिरहनु परेन।’