७५३ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई खटाउँदै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारीलाई स्थानीय तहमा खटाउने भएको छ ।सोमबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने निर्णय गरेको हो । पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास थालिएको राप्रपाले जनाएको छ ।
बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था पनि गरेको छ । यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने छ ।
राप्रपाका अनुसार भूगोलमा खटिएर जाने नेताहरूले वडा तहबाटै संगठन गठन, पुनर्गठनलगायत कार्यविधिमा तोकिएका कामहरू सम्पन्न गर्नुपर्ने छ ।