सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परे


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताए ।

उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गरे । सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न पनि माग गरे ।बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उनले भने, “सत्तारुढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ । तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस् ।” उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानआर्कषण गराउँदै बढ्दो कालोबजारी र खुल्ला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *