बाणिज्य बैंकका सीईओ सूचना आयोगको कारवाहीमा
तीन प्रमुख बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ लाई राष्ट्रिय सूचना आयोगले कारवाही गरेको छ। सूचनाको हक अन्तर्गत सूचना माग गर्दा सूचना दिन आनाकानी गरेपछि प्राइम बैंक , लक्ष्मी बैंक र बैंक अफ काडमाण्डुका सीइओलाई आयोगले कारवाही स्वरुप जनही दश हजार रुपैंयाँका दरले जरिवाना गरेको हो ।
जुम्लाका नागरिक अंगराज भारतीले ति बैंकले सूचना नदिएको भन्दै आयोगमा पुनरावेदन निवेदन पेश गरेका थिए । निवेदनको सुनुवाई गर्दै प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग, सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको पुस ३ र मङ्सिर २५ मा बसेको संयुक्त इजलासले ति सीइओलाई कारवाही स्वरुप जनही दश हजार रुपैंयाँका दरले जरिवाना गरेको हो ।
आयोगले कारवाहीमा परेका सीइओहरुबाट उल्लेख गरिएको जरिवाना रकम असुल गरी आयोगलाई जानकारी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।
इजलाशले ति बैंकका सीइओहरुले नागरिकको संविधान प्रदत्त मौलिक हकको प्रचलनको लागि स्वतन्त्र आयोगबाट पटक पटक चेतावनीयुक्त आदेश जारि गर्दा पनि गैर जिम्मेवारी चरित्र प्रदर्शन गरेकोु भन्दै सीइओहरुलाई दण्डित गर्नु पर्ने आदेश दिएको हो ।
आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जनही दश हजार रुपैंयाँका दरले जरिवाना तिर्नु पर्ने ठहर गरेको हो ।