नेकपा रस्साकस्सी :संसदीय दलको नेता अब प्रचण्ड !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड माधव पक्ष)को संसदीय दलको बैठक बुधवार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। यो बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ। त्यसैगरी उनलाई अबको प्रधानमन्त्रीका रुपमासमेत प्रस्ताव गर्ने तयारी बैठकले गर्ने नेता देब गुरुङले जानकारी दिएका छन्।
मंगलवार, प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ। प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो। यता प्रधानमन्त्री ओलीले भने हिजै स्थायी कमिटी विस्तार गरी आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास सुरु गरिसकेका छन्।