राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा क्षेप्यास्त्र आक्रमण, ११ जनाको मृत्यु


युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मंगलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगत्ले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको दाबी गरेको छ ।

सोमबार रातभर धेरै स्थानमा रुसी आक्रमण भएको थियो । क्रिभि रिगको मध्य भागमा रहेको पाँचतले आवासीय भवन ध्वस्त भएको छ । “यो भयानक रातमा शत्रुले ११ जना नागरिकको हत्या गरेको छ,” निप्रोपेट्रोव्स्क क्षेत्रीय गभर्नर सर्गी लिसाकले भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आतंकवादीहरूलाई कहिल्यै माफ नगरिने र लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभ पनि मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेपछि युक्रेनभर हवाई आक्रमणलाई विफल तुल्याउन युक्रेनको वायुसेनाले प्रतिरक्षात्मक कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *