प्रधानमन्त्रीको कदम अधिनायकवादी आकांक्षाबाट सर्वसत्तावाद उन्मुख : नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी भएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा विषय प्रवेश गराउँदै उनले भनेका छन्, “प्रधानमन्त्रीको कदम असंवैधानिक हो, अधिनायक आकांक्षाबाट प्रेरित छ, सर्वसत्तावाद उन्मुख छ । कांग्रेस सम्यमतापूर्वक अघि बढ्नुपर्छ । कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने छ।
देउवालेजारी केन्द्रीय समितिको बैठकमा सबै सदस्यको कुरा सुनेर निर्णय लिइने पनि बताएका थिए ।
बैठकमा आफ्ना धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देखिएका परिदृष्य फरक स्वरुपमा आएको हुन सक्ने आकलन गर्दै अहिले कांग्रेस बरालिन नहुने बताए । घुमाउरो भाषामा पौडेलले संवैधानिक परिषदमा देउवा र ओलीबीच मिलेमतो छ कि भन्ने प्रश्न गरेका थिए।