वामदेव र बादल बीच छलफल, बन्ला त तेस्रो धार?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेटन गृहमन्त्री रामबहादुर थापा गौतम निवास पुगेका छन्।
नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भइसकेको बेला दुवै नेता अहिले आपसी छलफलमा जुटेका हुन्।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहबीच नेकपाको छुट्टाछुट्टै गुट बैठक भइरहँदा यी दुई नेताहरुले कुन समूहमा जाने भन्ने स्पष्ट पारेका छैनन्।
बादल र गौतम तेस्रो धार निर्माण गर्न लागेको गांइगुइ पनि चलिरहेको छ।