वामदेव गौतमलाई प्रश्न के अब एमालेमै फर्किनुहुन्छ ?


नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफू र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन् । उनले यसअघि आफूलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे ।

७० वर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए । गौतमले आफूले पार्टी छाडेको कहिल्यै पनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे ।

उनले नेकपा एमाले आफूसँग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनुपर्ने धारणा राखे । आफू एमालेमा अध्यक्ष, महासचिव र कसैको भाग खोस्न नजाने र अनुभाव बाड्न जाने उनको भनाइ छ ।

गौतमले आफूबाट एमालेले कुनै नोक्सान नव्यहोर्ने र आफूले काम गर्ने क्षेत्र भने तोक्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *