राष्ट्रपति संस्था मन्त्रिपरिषद्‌को कारिन्दा हो?


राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणकीकरणको प्रक्रिया र समयका सन्दर्भमा प्रश्न उठाएको छ। मन्त्रिपरिषद्‌को आदेश मानेर राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राप्रपाले राष्ट्रपति संस्था मन्त्रिपरिषद्‌को कारिन्ता हो? भनेर पनि प्रश्न गरेको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बाबु–आमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट बञ्चित हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको, तर विधेयक प्रमाणीकरणको समय र प्रक्रिया उचित नभएको बताए।

लिङ्देनले भने, ‘पछिल्लो दिनमा जुन प्रक्रियाबाट जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो। त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना र विरोध गर्दछ। हामी दोहोर्‍याएर भन्न चाहान्छौं, चाडोभन्दा चाडो यसलाई प्रक्रियामा ल्याउन पर्‍यो। संसद्‌बाटै अघाडि बढाउन पर्‍यो। यसमा कुनै प्रकारको ढिलाइ नगरियोस्।’प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुभन्दा १–२ घण्टा अगाडि मात्रै नागरिकता विधेय प्रमाणीकरण भएको भन्दै लिङ्देनले आपत्ति जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *