भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गरिने


सरकारले भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो रणनीति तयार गर्ने बताएका हुन् ।

“भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गरिने छ,” उनले भने, “पूर्वाधारको सहयोग गर्न आवश्यक व्यवस्था गरिने छ । यूटिलिटी करिडोर विषयसमेट समावेश गरी नयाँ सहरसम्बन्धी कानुन ल्याइने छ ।”

कर्णाली प्रदेशको भेरीगंगा उपत्यका नमुना आधुनिक सहरको गुरू योजना तयार गरी निर्माण कार्य अगाडि बढाइने राष्ट्रपति पौडेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *