जो बाइडेनले लगाए कोभिडविरुद्धको खोप
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड१९ विरुद्धको खोप लिएका छन्। स्थानीय समयअनुसार सोमवार राति आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर हस्पिटलमा यो खोप लिएका हुन्।
मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् ।
यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।