सर्वदलीय बैठकमा समिक्षा: संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक


प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध तीन दलले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको निष्कर्ष निकालेका छन् ।संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएकोप्रति आक्रोश पोखेका थिए ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकीकृत नीति लिने निर्णय भएको जानकारी दिए ।कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनतासमाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहको भेलाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नुलाई कसैगरे पनि जायज मान्न नसकिने भनिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *