प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। दोस्रोपटक सांसद चुनिएर आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटेर सरकारमा सहभागीता लगायत विषयमा छलफल गरेका हुन्।प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई फेरि सांसद् निर्वाचित भएर आएकोमा बधाइ दिएका छन्। यसअघि उनले फोनमार्फत् बधाइ दिँदै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए। यसपल्ट पनि लामिछानेसँग सोही विषयमा प्रधानमन्त्री प्रचण्डले संवाद गरेको सचिवालयका एक सदस्यले बताएका छन्।

रास्वपा सभापति लामिछानेले सरकारमा सहभागी नहुने संकेत गरिरहेका छन्। आफ्ना अजेन्डा सरकारमा रहेका दलहरुका साझा नीति तथा कार्यक्रमबाट हटाइएको भन्दै समर्थन फिर्ता गर्नसक्ने विषयमा समेत छलफल भइरहेको लामिछानेले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *