शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार रोकिँदैन


राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभएसम्म भ्रष्टाचार नरोकिने बताएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य न्यौपानेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभएसम्म देशमा भ्रष्टाचार नरोकिने बताए ।

उनले कर्मचारीलाई आफू र आफू आश्रित परिवारलाई पुग्नेगरी तलब व्यवस्था नगर्दासम्म पनि भ्रष्टाचार रहिरहने बताए । उनले नीति निर्माणको तहमा भ्रष्टाचार हुने बताए ।

न्यौपानेले दलाल पुँजीपति र निश्चित घरानाहरूको हितमा नीति बनाइने गरेको बताए ।

“जताजतै भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार नीति निर्माणमा छ । पोलिसी क्याप्चर गरिएको छ । धनाड्यहरूको हितमा, दलाल पुँजीपतिहरूको हितमा, निश्चित घरानाहरूको हितमा नीति जे बनाइन्छ, यसलाई नियन्त्रण नगरेदेखि यो देशमा अर्थतन्त्र सुदृढ हुँदैन,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *