आफूनिकट निवर्तमान सांसदहरू बोलाए प्रधानमन्त्रीले


आफू निकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएका छन् । सोमबार बिहान ९ बजे काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार आउन खबर गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

“सबै उपलब्ध सांसदहरूलाई बालुवाटार आउन भनिएको छ ।
उता, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि सोमबार दिउँसो १ बजे आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवन बोलाएका छन् । संसद् भवनको ल्होत्से हलमा उपस्थित हुन खबर गरिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

आजै प्रचण्ड–नेपाल समूहले दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *