शीर्षस्थानको राजस्थान दोस्रो स्थानको लखनउसँग पराजित


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले राजस्थान रोयल्सलाई हराएको छ। जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा सम्पन्न खेलमा लखनउले राजस्थानलाई १० रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ६ विकेट गुमाएर १४४ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको लखनउका लागि ओपनरद्वय केएल राहुल र केल मेयर्सले ८२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। मेयर्सले सर्वाधिक ५१ रन बनाउँदा कप्तान राहुलले ३९ रन बनाए। त्यस्तै निकोलस पुरनले २९ र मार्कस स्टोइनिसले २१ रन बनाए। बलिङतर्फ राजस्थानका रबिचन्द्रन अश्विनले २ विकेट लिँदा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र जेसन होल्डरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका लागि ओपनर द्वय ययश्वी जसवाल र जोस बट्लरले ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। जसवालले ४४ रन बनाउँदा बटलरले ४० रन बनाए। त्यस्तै देबदत्त पार्डिकलले २६ तथा रियान परागले अविजित १५ रन बनाए।

राजस्थानलाई लक्ष्यसम्म पुग्न नदिन लखनउका आभेश खानले ३ विकेट तथा मार्कस स्टोइनिसले २ विकेट लिए।

हारका बावजुत ६ खेलबाट ८ अंक जोडेको राजस्थान अंकतालिकाको शीर्षस्थानमा छ भने समान १ अंक जोडेको लखनउ दोस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *