स्वास्थ्यमा समस्या आएकाले घरमै आराम गरिरहेको छु : ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू निवासमै आराम गरिरहेको जानकारी दिएका छन् ।

ओलीले वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार कार्यक्रममा सहभागी हुन नपाएको भन्दै उमेदवारहरूलाई जितको शुभकामना पनि दिएका छन् ।

“भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु,” ओलीले लेखेका छन्, “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उमेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।”

उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपाने, बारा –२ मा पुरुषोत्तम पौडेल र तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द खनाल उमेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *