घरेलु मैदानमा टोटनहामलाई हराउँदै लेस्टर दोस्रो स्थानमा


काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा लेस्टर सिटीले जीत निकालेको छ । लेस्टरले टोटनहामलाई उसैको मैदानमा २-० ले हराएको हो ।

लेस्टरको जीतमा जेमी भार्डीले एक गोल गरे भने एक गोल टोटनहामका तर्फबाट आत्मघाती भएको थियो ।पहिलो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टीमार्फत भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९औं मिनेटमा टोटनहामका टोबी एल्डरविराल्डबाट आत्मघाती गोल भएपछि लेस्टर २-० ले अघि बढ्यो । त्यसपछि थप गोल भएनन् र खेल टोटनहामले जित्यो ।

जीतसँगै १४ खेलमा २७ अंक जोडेको लेस्टर अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ भने पराजित टोटनहाम २५ अंकमै सीमित रहँदै पाँचौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *