मन्त्रिपरिषद्का सात मन्त्रीहरुले दिए राजीनामा


प्रधानमन्त्री खड्गप्रसाद ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध सरकारमा रहेका ७ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

यसरी राजीनामा दिने मन्त्रीहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल,, वनमन्त्री शक्तिबहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय र खानेपानीमन्त्री बिना मगरले पनि संयुक्त राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ओलीले हठात् रूपमा आइतबार संसद विघटन गरेर राष्ट्रपतिसमक्ष मध्यावधि निर्वाचनको सिफारिस गरेपछि ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका प्रचण्ड माधव नेपाल समूहका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । नेपाल समूहका पर्यटन मन्त्री योगेश भट्टराई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *