“के सरकार मुठभेडतर्फ जान खोजेको हो ? : राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार मुठभेडतर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडितको आन्दोलनमा ऐकेबद्धता जनाउन मंगलबार माइतीघर पुगेका राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध सत्तापक्षका कार्यकर्ताले दुव्र्यवहारको प्रयास गरेको भन्दै त्यस्तो बताएका हुन् ।

माइतीघर पुगेका शाहीलाई मिटरब्याजी पीडितहरुले राजावादीको समर्थन नचाहिने भन्दै नाराबाजी गरेका थिए ।

“एउटा जिम्मेवार दलको जिम्मेवार नेता पीडितहरुसँग ऐकेबद्धता व्यक्त गर्न जाँदा सत्तापक्षका कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो, म त्यसको घोर निन्दा र भत्र्सना गर्दछु,” लिङ्देनले सोधे, “के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजवादी हुने छुट कुनै नागरिकलाई छैन ?”उनले मुठभेड निम्त्याउन अग्रसर नहुन सरकारलाई आग्रह गरे । मिटरब्याजीपीडितको समस्या ढाकछोप नगर्न र समाधान गर्न उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *