सत्तारुढ गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

सत्ता गठबन्धनको आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको तर भागबन्डामा छलफल नभएको दाबी गरे ।
“भागबन्डामा छलफल भएन । सरकार चाँडै विस्तार हुन्छ । सरकार चाँडै विस्तार हुने गरेर छलफल भयो । सबै दल लचक छन् । भाग नमिल्ने कुरा छैन,” उनले भने ।
उजले गठबन्धनलाई दीगो बनाउन सबै दल भित्रबाट लागिरहेको पनि बताए ।