सरकारलाई सुझाव दिनु र भैँसीलाई बिन बजाउनु उस्तै


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका ओलीले ‘वर्तमान सरकारलाई सुझाव दिनु र भैँसीको अगाडि बिन बजाउनु उस्तै रहेको’ बताए ।

सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरूले दिएको सुझावको मतलब नै नराख्ने बताए ।

“हुनत अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भन्छ, भैसके आगे बिन बझाए, भैस रहे पगुराए भन्छ । भैँसीको अगाडि बिन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन । त्यस्तै हो, अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि,” उनले भने ।

ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी वस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए । त्यसक्रममा उनले नेपाली जुत्ता–चप्पलका सबै ब्रान्डहरूको रुचिपूर्वक अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *