थाइल्यान्डमा प्रधानमन्त्रीले गरे संसद् विघटन


थाइल्यान्डको संसद् सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ ।

निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रोपटक निर्वाचनका हुन लागेको हो । संसद् विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।

सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्वसेना प्रमुख प्रयुतले एक दशकको निर्वासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हासिल गर्नका लागि कडा मेहनत गरिरहेको छ । तर, थाइल्यान्डको सैनिक प्रशासन (जुन्टा)ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन बनाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

सोमबार राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्नेछ । निर्वाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ लाई हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *