पत्रकारप्रतिको टिप्पणीबारे सभामुखले आत्मआलोचना गर्नुपर्छ


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए ।

सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको गम्भीर ‘नोटिस’मा रहेको उनले बताए । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै उनले त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।

“राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसको अधिकार भोगिरहेको मात्रै होइन, यो लोकतान्त्रिक रुपान्तरण गर्नका लागि आफैँ संलग्न भएको चौथो अंग हो । त्यसकारण कुनै व्यक्तिको बारेमा कहिँ कतै टिप्पणी छ भने पनि त्यसलाई अलग रुपमा राख्ने एउटा विषय हो,” उनले भने, “तर, समग्रतामा पत्रकारहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ । हाम्रो लागि आलोच्य छ, उहाँको लागि आत्मआलोचना गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *