प्रभु बैंकद्वारा पिओएसमार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालन


प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत आफ्नै पिओएस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।

विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा बैङ्कले पिओएस मार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको हो ।प्रभु बैङ्कले सञ्चालनमा ल्याएको पिओएस मार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी ग्राहकहरूले अधिकतम लाभ लिने बैङ्कले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *