‘फ्रेड्डी’ आँधीको कहर : मलावीमा ६० हजार मानिस प्रभावित
पूर्वी अफ्रिकी देशहरुमा आएको आँधी फ्रेड्डीुका कारण २२० जनाभन्दा बढीको मृत्यु भएको छ। एक हप्तामा दुईपटक आएको शक्तिशाली आँधीका कारण मलावी, मोजामबिक र मदासागरमा धेरै क्षति पुगेको छ।गएको एक महिनादेखि जारी आँधीले एकपटक रेकर्ड तोडेको र दोस्रोपटक पनि ुरेकर्डु तोड्न सक्ने मौसमविदहरुले चेतावनी दिएका छन्।
आँधीका कारण सयौं मानिस घाइते भएको र केही बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। सबैभन्दा बढी मृत्यु मलावीमा भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।आँधीसँगै आएको ठूलो वर्षापछि गएको पहिरोले हजारौं घर बगाएको र सडक पूर्णरुपमा क्षति गरेको छ। वर्षा अझै भइरहेकाले उद्दार कार्य सोचे अनुरुप हुन नसकेको बताइएको छ।
आँधीका कारण हालसम्म ६० हजार भन्दा बढी मानिस प्रभावित भएको र १९ हजार जना विस्थापित भएको मलावी सरकारले जनाएको छ।